सिद्धार्थ प्रिमियर इन्स्योरेन्सकी कर्मचारी रीता भण्डारी निधन

२१ मंसिर २०८१, शुक्रबार १८:०९

काठमाडौँ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडकी कनिष्ट अधिकृत रीता भण्डारीको आज निधन भएको छ ।

कम्पनीको मेडिकल विभागमा कार्यरत रहेकी भण्डारीको ४० वर्षको उमेरमा उपचारको क्रममा निधन भएको हो । उनी लामो समयदेखि क्यान्सरबाट पीडित रहेकी थिइन् ।

विगत १८ वर्षदेखि कम्पनीको मेडिकल विभागमा कार्यरत रहेकी भण्डारीको निधनले बीमा क्षेत्रले एक कुशल, मेहनती कर्मचारी गुमाएको छ ।

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र बैदवार क्षेत्रीद्वारा जारी शोक सन्देशमा स्वर्गीय रीता भण्डारीको मृत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको उल्लेख छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*