दुई दशकदेखि बीमा व्यवसायमा जमेका जीत बहादुर भुजेलको सफलता, सिटिजन स्टार बन्ने लक्ष्य

‘चार सय मानिसको जीवन रक्षावरण गर्न सफल’
राजन कठायत
२१ मंसिर २०८१, शुक्रबार १७:१०

जीवनमा हजारौं कठिनाई आउछन् । एउटा ठाउँ ढोका बन्द भयो भने हजारौं अरु ढोकाहरु खुल्ला हुन्छन् । ‘निरन्तर संघर्ष गर्नु नै जीवन सफल बनाउने आधार हो’ भन्ने मूल मान्यतालाई आत्मसात गर्दै अघि बढेका जीत बहादुर भुजेल यतिबेला जीवन बीमा व्यवसायमा रमाइरहेका छन् ।

२०६६ सालदेखि जीवन बीमा व्यवसायमा प्रवेश गरेका जीतले एक व्यवसायिक अभिकर्ताको रुपमा आफ्नो परिचय बनाउन सफल भएका छन् । दुई दशक अगाडी मेट नेपाल लाइफ इन्स्योरेन्सबाट जीवन बीमामा प्रवेश गरेका जीतले पहिलो महिनामा नै ४० वटा पोलिसी बिक्री गरेर आफुलाई क्षमतावान व्यक्तिको रुपमा स्थापीत गरेका थिए ।

जिन्दगीका अनेकौं बाधा अड्चनलाई आत्मसाथ गर्दै यति बेला सिटिजन लाइफ इन्स्योरेन्सका अभिकर्ता जीत बहादुर भुजेलले आफ्ना पाइला नागरिकहरुको जीवन रक्षावरण गर्न अघि बढाएका छन् । बीमा अभिकर्ता पेशा अँगाल्न जति सहज र सजिलो छ त्यति नै अप्ठेरो व्यवसायिक सफलता प्राप्त गर्नमा छ । यस्ता अप्ठ्यारालाई सहजतामा परिणत गर्न सिटिजन लाइफले भुजेललाई निकै सहयोग गरेको छ ।

उदयपुर जिल्लाको त्रियुगा नगरपालिका १० मा जन्मिएर सोही क्षेत्रका नागरिकको जीवन रक्षावरण गर्न रात–दिन नभनी खटिरहेका छन् । उनी अहिले सिटिजन लाइफ इन्स्योरेन्सको गाइघाट शाखामा एजेन्सी म्यानेजरका रुपमा आवद्ध छन् । शुरूवाती समयदेखि नै वित्तीय क्षेत्रको राम्रो ज्ञान र अनुभव बटुलेका जीतले अभिकर्ता पेशामा पनि आफुलाई एक इमान्दार, सफल र क्षमतावान् बीमा व्यवसायीको रुपमा स्थापित गरेका छन् ।

उदयपुर जिल्लाको त्रियुगा जनता बहुमुखी क्याम्पसबाट २०५७ सालमा स्नातक तह उत्तिर्ण गरेका उनी नोकरीको खोजीमा सबैतिर भौतारिन्छन् । कतिपय ठाउँमा लोकसेवाका लिखित परीक्षा समेत उत्तिर्ण गरेर अन्तरर्वातमा फालिदै जिन्दगीको अप्ठ्यारो परिस्थितीलाई समेत सफलतामा परिणत गर्न सदैव प्रयासरत रहन्छन् ।

केही समयपछि फेरी पलम्बर तथा इलेक्ट्रोनिक्सको पसल सञ्चालन गरेर आफनो जिविको पार्जन गर्न थाल्छन् । नोकरीको खोजमा भौतारीएका उनी तत्कालिन मेट लाइफमा रोजगारीको भ्याकेन्सी खुलेको थाहाँ पाएपछि आवेदन दिएर तालिममा सहभागी भई अभिकर्ता पेशमा प्रवेश गर्छन् ।

अभिकर्ता पेशमा प्रवेश गरेको पहिलो महिनामा नै ४० वटा पोलिसी बिक्री गरी लिडर्स नाइट कार्यक्रममा छनौट भएर सम्मान पाएपछि बल्ल आफ्नो पेशाको महत्व बुझेको बताउँछन् । ‘मैले मानिसहरुलाई विभिन्न प्रलोभन भन्दा पनि पोलिसीमा भएका उत्कृष्ट विशेषतालाई राम्रोसँग बुझाई–सम्झाई बीमा गर्ने गरेको छु । बजारमा थुप्रै अभिकर्ताहरु रहेका छन् तर मानिसहरुले बीमा गर्दा प्रोफेशनल र इमान्दार अभिकर्ता छानेर गर्न आवश्यक छ।’

सिटिजन लाइफ इन्स्योरेन्सका चिफ बिजनेश अफिसर बिमल बाग्ले, रिजनल म्यानेजर सुरज काफ्ले र गाइघाट शाखा प्रमुख मन्जु थापाको सल्लाह र उनीहरुको साथले सिटिजन लाइफ इन्स्योरेन्समा आवद्ध भएको उनी बताउँछन् । साथै, गाइघाट शाखा कार्यालयकी अण्डरराइटिङ कर्मचारी शान्ता चौंलागाईको सहयोगले गर्दा पनि मलाई थप उर्जा मिलेको छ ।

‘मलाई मेट लाइफ इन्स्योरेन्समा बिमल सरले विभिन्न तालिमहरु दिएर बच्चाहरुलाई हुर्काएजसरी अघि बढाउँनु भएको थियो । विस्तारै समय परिवर्तन हुदै गयो । विमल सर सिटिजन लाइफमा आएपछि उहाँको सुझावमा मैले २०७९ साल माघमा अभिकर्ता लाइसेन्स लिएर नयाँ रुपले पुरानै बीमा व्यवसाय सुरु गरे।’

सिटिजन लाइफ इन्स्योरेन्समा प्रवेश गरेसँगै उदयपुरका सयौँ नागरिकहरुको बीमा गरी उनीहरुको जीवन रक्षावरण गर्दै आएका छन् । जीवनमा बीमा व्यवसायलाई मात्र प्रमुख पेशाका रुपमा लिएर अगाडी बढेका छन् उनी । ‘बीमा व्यवसाय एकदमै उत्कृष्ट पेशा हो । मानिसहरुलाई राम्रोसँग बुझाउन र सम्झाउन सक्यौं भने बीमा गराउन गाह्रो छैन ।’

 

सिटिजन लाइफ इन्स्योरेन्समा आवद्ध भएको तीन वर्षको अवधिमा नै १३९ जना अभिकर्ताहरुको सञ्जाल बनाउँन सफल भएका छन् । ‘मैल बीमा अभिकर्ता पेशामा आफ्नो जीवन सुरक्षित बनाउँन खोज्ने र इमान्दार मानिसहरुलाई विभिन्न सुझाव दिएर अभिकर्ता बनाउने गरेको छु। यदि मेरो टिममा कोही आफ्नो परिवार तथा पार्ट टाइमका रुपमा अभिकर्ता बन्ने उद्देश्यले आउँछ भने मैले स्थान दिने गरेको छैन्।’

अभिकर्ता पेशमा मानिसहरुले सोचे जस्तो सहज पटक्कै पनि छैन् । ‘यस पेशामा आफ्नो क्षमता बढाउँन र धैरै कुरामा जानकर रहन आवश्यक छ । हामीले अन्य व्यवसायीको जस्तो सामान बेच्ने होइन, विश्वास बेचेर व्यवसाय गर्नुपर्छ । अहिलेको स्थितीमा विश्वास जगाउँन अलि अप्ठ्यारो छ । यस्ता अप्ठ्यारालाई सहजमा परिणत गरेर व्यवसाय गर्ने गरेको छु।’

आफ्ना घर परिवारको बीमा गर्न बनेका र ज्ञान नभएका अभिकर्ताहरुलाई पलायन हुनबाट कम्पनीका विभिन्न तालिम तथा उत्प्रेरणामुलक कार्यक्रमले धेरै सहयोग भएको छ । उनी भन्छन्, ‘बीमा भनेको आवश्यकता हो । भोलिका दिनमा आइपर्ने समस्याको औषधि हो । जसले मानिसलाई बचत गराउनुका साथैै जीवन रक्षावरण गराउँन मद्दत पुर्याएको छ।’

बीमा क्षेत्रमा दुई दशक समय विताएका भुजेलले हालसम्म २ सयभन्दा बढी बीमा दावी भुक्तानी गर्न सफल भएका छन् । उनले सिटिजन लाइफ इन्स्योरेन्सबाट मात्रै २० भन्दा बढी दावी भुक्तानी गर्न सफल भएका छन् ।

बीमा क्षेत्रमा दावी भुक्तानीलाई लिएर विभिन्न समयमा जीवन बीमा कम्पनी र अभिकर्तामाथी प्रश्न खडा हुने गरेको छ । उनी भन्छन्, ‘सफल र व्यवसायीक अभिकर्ताहरुले आफ्ना पोलिसीमा परेका कुनै पनि प्रकारका दावीमा सहजीकरण गर्न आवश्यक हुन्छ । दावी सबै कम्पनीहरुले दिन्छन् र कतिपय अवस्थामा बीमितहरुलाई दावी प्रक्रियाबारे जानकारी हुदैन् । त्यस्तो अवस्थामा अभिकर्ताहरुले मलम लगायर आफुप्रति विश्वास बनाउँन अवसरको रुपमा लिनुपर्छ।’

दुई दशक अवधि वित्तीय लगायतका कर्पोरेट क्षेत्रमा बिताएका जीत बहादुरको बीमा अभियानले जीवन रक्षावरण गर्न चाहने बीमितलाई त राहत मिलेकै छ । त्यसबाहेक कमजोर आर्थिक अवस्था भएका घरपरिवारका बस्तीमा पनि उनले चलाएको बीमा अभियानले बीमा सचेतना अभियान समेत विस्तार भएको छ ।

आम नागरिकको सेवा गरी बीमा सचेतना बढाउने र भविष्यमा बीमाको क्षेत्र फराकिलो बनाउदै अगाडि बढ्ने प्रतिबद्धता र आत्मविश्वास रहेको उनी बताउँछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*