मोदी इनर्जीको आइपीओले पायो ‘डबल प्लस’ रेटिङ

२४ भाद्र २०७८, बिहीबार १३:५२

काठमाडौं । मोदी इनर्जी कम्पनी लिमिटेडको आइपीओले ‘डबल प्लस’ रेटिङ पाएको छ । कम्पनीले निष्काशन गर्न लागेको आइपीओलाई रेटिङ एजेन्सी केयर रेटिङ नेपालले सो रेटिङ प्रदान गरेको हो ।

सो रेटिङले कम्पनी समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम रहेको संकेत गर्दछ ।

कम्पनीले १०० रुपैयाँ अंकित दरमा आयोजना प्रभावित तथा सर्वसाधारणको लािग ४२ करोड बराबरको ४२ लाख कित्ता आइपीओ निष्काशनको तयारीमा रहेको छ । यसअघि कम्पनीले आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*