मिथिला लघुवित्तको लाभांश प्रस्ताव
२१ मंसिर २०८१, शुक्रबार ११:२५
काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०८०।८१ को लागि कुल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ।
मंसिर २० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको आधारमा १४.२८६ प्रतिशत बोनस शेयर र ०.७१४ प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने निर्णय गरेको हो।
हाल कम्पनीको चुक्ता पूँजी १९ करोड ६० लाख २ हजार रुपैयाँ छ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पछि कम्पनीले आगामी साधारणसभाबाट पारित गरेपछि वितरण हुनेछ।