नेपाल फाइनान्समा झुम्मिए लगानीकर्ता, यी १० कम्पनीको भयो सवार्धिक कारोबार
२० मंसिर २०८१, बिहीबार १५:०५
काठमाडौँ । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक १५.९३ अंकले घटेर २७३४ को बिन्दुमा कायम भएको छ ।
शेयर बजार घटेतापनि नेपाल फाइनान्सको सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ४२ करोड १९ लाख रुपैयाँको शेयर खरिद–बिक्री भएको छ ।
त्यस्तै, एनआरएन इन्फ्रास्टक्चरको २९ करोड तीन लाख रुपैयाँ, एलआइसीएनको २० करोड ८७ लाख रुपैयाँ, रशुवागढी हाइड्रोपावरको २० कराड रुपैयाँ र जानकी फाइनान्सको १३ करोड रुपैयाँको कारोबार भएको छ ।