राताम्यले पायो निरन्तरताः परिसूचक र कारोबार दुबैं खुम्चियो, नीति बाधक की नियामक ?
काठमाडौँ । शेयर बजार आज पनि रातााम्य भएको छ । लगानीकर्ताको मनोबल कमजोर हुँदा बजार ओरालो लाग्न पुुगेको हो । सबै कुरा समेत सकारात्मक हुँदा बजारले लय लिन सकेको छैन । नियामक निकाय समेत शेयर बजारलाई लिएर सकारात्मक नै रहदा पनि बजारले लय समाउन सकेको छैन ।
सरकार र नियामक निकायको बजारप्रति देखिएको सकारात्मक दृष्टिकोणले लगानीकर्ताको मनोबल उच्च राख्न सहयोग गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली, अर्थमन्त्री विष्णु पौडेल, गर्भनर महाप्रसाद अधिकारी, र धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले शेयर बजारको स्थायित्व र विकासप्रति प्रतिबद्धता जनाएपछि बजारले नयाँ उचाइ लिन सक्ने अपेक्षा गरिएको छ ।
बैंक ब्याजदर घट्दै जानु, केन्द्रीय बैंकले नीतिगत कडाइ खुकुलो पार्ने संकेत गर्नु र देशको अर्थतन्त्रमा देखिएको सुधारले बजारलाई थप सुदृढ बनाउने विश्वास गरिएको छ । विशेषज्ञहरूले भने, बजारलाई अझ सबल बनाउन नीतिगत सुधार आवश्यक रहेको र कम्पनीहरूको मुनाफा वृद्धि निर्णायक हुने बताएका छन् । बैंकिङ प्रणालीमा सुधार र ब्याजदर घट्नाले शेयर बजारलाई आगामी दिनमा थप स्थायित्व र उचाइ दिन सक्ने अनुमान गरिएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १५.९३ अकंले घटेर २७३४.९३ बिन्दुमा बन्द भएको छ । आज ३०७ कम्पनीको १ करोड ६७ लाख ९७ हजार ७२७ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ३६ करोड ९६ लाख ८७ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।
आज ११ उपसूचक राताम्य भएका छन् । यसदिन विकास बैंक समूहको १.०८ प्रतिशत, बैंकिङ समूहको ०.९७ प्रतिशत, फाइनान्स समूहको २.७८ प्रतिशत, होटल तथा पर्यटन समूहको ३.६३ प्रतिशतले शेयर मूल्य घटेको छ ।
आज ४० कम्पनीको शेयर मूल्य बढेको छ भने २०१ कम्पनीको घटेको छ ।