विन नेपाल लघुवित्तले लाभांश नबाँड्ने
२० मंसिर २०८१, बिहीबार १०:३३
काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश नबाँड्ने निर्णय गरेको छ।
कम्पनीको मंसिर १९ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८०।८१ को मुनाफाबाट शेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको कम्पनी सचिव जीवन खनालले जानकारी दिएका छन्।