एनआईसी एशिया ग्रोथ फण्ड र ब्यालेन्स्ड फण्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

२४ भाद्र २०७८, बिहीबार ११:२५

काठमडौं । एनआईसी एशिया बैंक कोष प्रबद्र्धक र एनआईसी एशिया क्यापिटल योजना व्यवस्थापक रहि एनआइसी म्युचुअल फण्ड अन्तर्गतका एनआईसी एशिया ब्यालेन्सड् फण्ड र एनआईसी एशिया ग्रोथ फण्डको नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

यी दुवै फण्डले लाभंश वितरणको लागि भदौ २७ गते बुकक्लोज गर्ने भएसँगै आज (बिहिबार)सम्म कायम रहेका शेयरधनीले मात्र उक्त लाभांश प्राप्त गर्न सक्नेछन् ।

एनआईसी एशिया ग्रोथ फण्ड र ब्यालेन्स्ड फण्डले कर सहित ३०।३० प्रतिशतका दरले आफ्ना इकाईधनीहरुलाई लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*