महुली लघुवित्तको स्वतन्त्र संचालकमा सन्तोष कुमार लुइटेल नियुक्त

२४ भाद्र २०७८, बिहीबार १०:५८

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले स्वतन्त्र संचालक नियुक्त गरेको छ । कम्पनीले नेप्सेमार्फत जानकारी गराएको सूचनामा उक्त पदमा सन्तोष कुमार लुइटेललाई नियुक्त गरेको जनाएको हो ।

संस्थाको भदौ २३ गते बुधबार बसेको संचालक समितिको ११९ औं बैठकको निणर्यअनुसार सो पदमा स्थायी ठेगाना भद्रपुर नगरपालिका १, झापाका लुइटेललाई सोही मितिदेखि नै लागू हुने गरी नियुक्त गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*