निःशुल्क रुपमा तालिम लिने अवसर, कसरी सहभागी हुन सकिन्छ ?

२३ भाद्र २०७८, बुधबार १६:३३

काठमाडौं । व्यवसायिक तथा सीप विकास तालिम प्रतिष्ठान ललितपुरले निःशुल्क सीपमूलक तालिम संचालन गर्ने भएको छ ।

प्रतिष्ठानले विभिन्न सीपमूलक तालिम मोटरसाइकल मर्मत, इलेक्ट्रिकल, अटोमेकानिक्स, सिलाइकटाई तालिम र ब्युटिसियन तालिम १६ दिन ६ घण्टा निःशुल्क संचालन गर्न लागेको हो ।

उक्त तालिममा सहभागी हुनका लागि आजकै मितिदेखि असोज १२ गतेसम्म आवेदन दिन सकिनेछ । प्रतिष्ठानले संचालन गर्न लागेको यो तालिममा कम्तीमा ८ कक्षा उत्तीर्ण गरेको हुनुपर्ने जनाएको छ । साथै आवेदन दिँदा शैक्षिक योग्यता र नेपाली नागरिकको प्रतिलिपि सहित पेश गर्नुपर्नेछ ।

१८ वर्ष पूरा भई ४५ वर्ष ननाघेका इच्छुक योग्यता पुगेका नेपाली नागरिकले तालिम अवधिभर खाने र बस्ने ब्यवस्था आफैंले गर्नुपर्नेछ । साथै प्रशिक्षार्थी छनोटको सूचना प्रतिष्ठान कार्यालयको सूचनापाटीमा र वेबसाइटमा प्रकाशित गरिनेछ । प्रशिक्षार्थीको छनोट अन्तर्वार्ताबाट गरिनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*