होटल सब्रिनाले सर्वसाधारणलाई १५ करोडको आइपीओ ल्याउँदै

१८ मंसिर २०८१, मंगलवार १७:३२

काठमाडौँ। होटल सब्रिना लिमिटेडले आइपीओ निष्कासनको तयारी गरेको छ । कम्पनीको सोमवार बसेको छैटौं साधारणसभाले आइपीओ निष्कासनको प्रस्ताव पारित गरेको हो ।

९० करोड अधिकृत पूँजी र ५३ करोड जारी पूँजी रहेको यस होटलको चुक्तापूँजी ३५ करोड ६५ लाख रुपैयाँ रहेको छ । कम्पनीले न्यूनतम १५ लाख कित्ताको १५ करोड रुपैयाँ बराबरको शेयर सर्वसाधारणका लागि जारी गर्न लागेको हो ।

यसका लागि गत असार अन्तिममा कम्पनीले संस्थागत परामर्श सेवा तथा प्राथमिक शेयर निष्कासनका लागि विक्री प्रबन्धकमा एनएमबि क्यापिटललाई नियुक्त गरिसकेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*