पाँच हाइड्रोपावरमा सकारात्मक सर्किट, यी लगानीकर्ता भए मालामाल

१८ मंसिर २०८१, मंगलवार १५:१७

काठमाडौँ । शेयर बजारमा दोहोरो अकंको सुधारले निरन्तरता दिएको छ । बजार उकालो लाग्दा कारोबार रकममा समेत बढोत्तरी भएको हो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १७.८० अकंले बढेर २७७५.८५ बिन्दुमा कायम भएको छ । आज ३०७ कम्पनीको १ करोड ८१ लाख ६० हजार कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ५२ करोडको शेयर कारोबार भएको हो ।

आज पाँच कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । दिब्यश्वरी हाइड्रोपावर, इन्ग्वा हाइड्रोपावर, खानी खोला हाइड्रोपावर, जोशि हाइड्रोपावर र सुपर मादी हाइड्रोपावरमा सकारात्मक सर्किट लागेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*