यी ६८ प्रकारका स्वास्थ्य सामाग्री ल्याउँदा राजस्व छुट
१८ मंसिर २०८१, मंगलवार १४:४२
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ६८ प्रकारका स्वास्थ्य सामाग्री ल्याउन राजस्व छुट दिन सिफारिस गरेको छ। मन्त्रालयले चालु आर्थिक वर्षको मंसिर मध्यसम्म ती सामाग्री ल्याउन सम्बन्धित निकायलाई राजस्व छुटको सिफारिस गरेको हो।
मन्त्रालयका अनुसार, राजस्व छुटको सिफारिस गरिएका स्वास्थ्य सामाग्री देशभरका विभिन्न अस्पताल र स्वास्थ्य संस्थामा आपूर्ति गर्नका लागि हो। यसमा अस्पतालका आवश्यक उपकरण, औषधि र अन्य स्वास्थ्य सेवा प्रदान गर्नका लागि आवश्यक सामग्री समावेश छन्।
राजस्व छुटसँगै अस्पताल र स्वास्थ्य संस्थाहरूलाई लागत कम गर्न मद्दत पुग्नेछ, जसबाट समग्र स्वास्थ्य सेवा प्रणालीलाई मजबुत बनाइने आशा गरिएको छ।