खल्ती डिजिटल वालेटले ल्यायो ‘१ रुपैयाँमै हवाई टिकट’ अफर

२३ भाद्र २०७८, बुधबार १५:५९

काठमाडौं । अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी ‘खल्ती डिजिटल वालेट’ ले खल्तीमा उपलब्ध जुनसुकै एयरलाइन्सको टिकट बुक गर्दा मात्र १ रुपैयाँमा हवाई टिकट खरिद गर्न सकिने अफर ल्याएको छ ।

खल्तीले सार्वजनिक गरेको आकर्षक अफर अन्र्तगत कुुनै पनि एयरलाइन्सको टिकट बुक गर्ने हरेक प्रयोगकर्ताले ८ सय रुपैयाँसम्मको क्यासब्याक पाउनेछन् । त्यसका साथै दैनिक एक जना भाग्यमानि बिजेताले मात्र १ रुपैयाँमा टिकट प्राप्त गर्नेछ ।

हवाई टिकटको कुल रकमबाट जम्मा मात्र एक रुपैयाँ कटौति गरी बाँकी रकम बिजेताको खल्ती खातामा ट्रान्सफर गरिने खल्तीले जनाएको छ । उक्त अफरमा सहभागीले आफ्नो खल्ती केवाइसी भने अनिवार्य भेरिफाई गराएको हुनपर्नेछ । यो अफर सेप्टेम्बर ७ देखि अक्टोेबर ४ सम्म मात्र लागू हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*