मञ्जुश्री फाइनान्सको केयर-एनपी बीबी रेटिङ यथावत्, दायित्व पूरा गर्ने क्षमतामा चुनौती
१८ मंसिर २०८१, मंगलवार १३:२९
काठमाडौं। मञ्जुश्री फाइनान्स लिमिटेडलाई प्रदान गरिएको रेटिङ केयर-एनपी बीबी (इस) [डबल बी (इस्युअर रेटिङ)] पुनः पुष्टि भएको छ। यो रेटिङ नेपालमा वित्तीय दायित्वहरू समयमा पूरा गर्ने सन्दर्भमा मध्यम जोखिम रहेको संकेत गर्छ।
केयर रेटिङ्स नेपाल लिमिटेड (सीआरएनएल) ले मञ्जुश्री फाइनान्सलाई यो रेटिङ प्रदान गरेको हो। संस्थाले वित्तीय स्थिति र दायित्व पूरा गर्ने क्षमताको मूल्याङ्कन गर्दै यो रेटिङलाई पुनः कायम राखेको जनाएको छ।
केयर-एनपी बीबी (इस) रेटिङ पाउने वित्तीय संस्थाहरूलाई मध्यम जोखिममा राखिन्छ। यसले दायित्व पूरा गर्ने क्षमतामा केही चुनौती देखाए पनि, वित्तीय स्थायित्व र बजारमा विश्वासयोग्यता झल्काउने मानिन्छ।
मञ्जुश्री फाइनान्सले हालसम्मका वित्तीय गतिविधिहरूमा देखाएको प्रदर्शन र स्थायित्वको आधारमा यो रेटिङ पुनः कायम भएको हो।