एलआइसी नेपालको ‘चियरम्यान क्लब कन्फरेन्स–२०२४’ भव्य रुपमा सम्पन्न, उत्कृट सयौं अभिकर्ता सम्मानित

१७ मंसिर २०८१, सोमबार १८:१०

काठमाडौँ । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले ‘चियरम्यान क्लब कन्फरेन्स, २०२४’ भव्य रुपमा सम्पन्न भएको छ । गत आर्थिक वर्षमा उत्कृष्ट कारोबार गर्न सफल अभिकर्ताहरुलाई सम्मान तथा हौसला प्रदान गर्न काठमाडौंको सोल्टी होटलमा आयोजित कार्यक्रम आइतबार भव्य रुपमा सम्पन्न भएको हो ।

कार्यक्रममा देशभरीका शाखा कार्यालयबाट गत आर्थिक वर्षमा उल्लेख्य व्यवसाय गरी चियनम्यान क्लबमा छनौट हुन सफल २६३ जना अभिकर्ताहरुको उपस्थितीमा उक्त कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा भारतीय मुलुकका चर्चित प्रशिक्षक अमित शर्माले प्रशिक्षण गरेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रणय कुमारले चियरम्यान क्लबमा छनौट भएका अभिकर्ताहरुलाई बधाई दिएर हौसला तथा आत्मविश्वास बढाएका छन् । कार्यक्रममा देशका विभिन्न क्षेत्रबाट सहभागिता जनाएका अभिकर्ताहरुले आफ्ना मौलिक संस्कृतीमा नाच गान गरेर कार्यक्रमलाई भव्य र रमाईलो बनाएका थिए ।

कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रणय कुमार, नायव प्रमुख कार्यकारी अधिकृत अनिर्वन दत्त, विभिन्न प्रदेशका प्रदेश प्रमुख, भारतिय मुलुकका चर्तित प्रशिक्षक अमित शर्मा लगायत चियरम्यान क्लवमा समावेश भएका अभिकर्ताहरुको सहभागीता रहेको थियो ।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*