१७ बीमा कम्पनीको शेयरमूल्यमा हरियाली, यी लगानीकर्ता भए मालामाल
काठमाडौँ । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार १९.९७ अंकले बढेको छ । आज नेप्से परिसूचक १९.९७ अंकले बढेर २७५८.०४ को बिन्दुमा कायम भएको छ ।
शेयर बजार बढेसँगै बीमा क्षेत्रका कम्पनीहरुको शेयरमूल्य पनि बढेको छ । लाइफ इन्स्योरेन्स इन्डेक्स र ननलाइफ इन्स्योरेन्स इन्डेक्स दुबै सामान्य अंकले बढेको छ ।
लाइफ इन्स्योरेन्स इन्डेक्स
सोमबार लाइफ इन्स्योरेन्स इन्डेक्स १.९१ प्रतिशत अर्थात २५५ अंकले बढेर १३६३९ को विन्दुमा कायम भएको छ । आज कारोबार भएका कम्पनीहरुमध्ये नौ वटाको बढेको छ भने २ वटाको घटेको छ । नेपाल लाइफ इन्स्योरेन्सको स्थिर रहेको नेप्सेले जनाएको छ ।
हकप्रद निष्काशन गरेको एलआइसी नेपालको शेयरमूल्य ९.३६ अंकले बृद्धि भएको छ । त्यस्तै, सिटिजन लाइफको २.१८ प्रतिशत, सन नेपाल लाइफको १.३० प्रतिशतले शेयरमूल्य बढेको छ ।
ननलाइफ इन्स्योरेन्स
सोमबार ननलाइफ इन्स्योेरेन्स ०.२० प्रतिशत अर्थात २७ अंकले बढेर १३२१६ को बिन्दुमा कायम भएको छ । आज नन लाइफ इन्स्योरेन्समा ८ वटाको शेयरमूल्य बृद्धि हुदाँ ४ वटाको घट्न पुगेको छ ।
सानिमा जिआइसी इन्स्योरेन्सको ३.६० प्रतिशतले सर्वाधिक शेयरमूल्य बृद्धि भएको छ । त्यस्तै, युनाइटेड अजोड इन्स्योरेन्सको २.९ प्रतिशत र आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको १.३५ प्रतिशतले शेयरमूल्य बृद्धि भएको छ ।
नेपाल रि इन्स्योरेन्स र हिमालयन रि इन्स्योरेन्सको शेयरमूल्य आज सामान्य अंकले घटेको छ ।