हाइड्रोपावरमा लगानीकर्ता झुम्मिए, आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

२३ भाद्र २०७८, बुधबार १५:११

काठमाडौं । बुधबार नेप्सेमा सूचिकृत २२५ कम्पनीको १ करोड ६१ लाख ४८ हजार ६५२ कित्ता शेयर किनबेच गर्दा ६ अर्ब ६४ करोड ६६ लाख २३ हजार ४२८ रुपैयाँको कारोबार भएको छ ।

आज पनि नेप्से ६० अंकले घट्दा हाइड्रोपावरमा लगानीकर्ताहरुको आकर्षण देखिएको छ । आज सर्वाधिक कारोबार गर्ने कम्पनीमा युनाइटेड मोदी हाइड्रोपावर रहेको छ । कम्पनीको एकैदिन ४० करोड ५७ लाख ७५ हजार ४६१ रुपैयाँको कारोबार भएको हो ।

त्यस्तै, अरुण भ्याली हाइड्रोपावरको २४ करोड ५१ लाख, स्वरोजगार लघुवित्तको २४ करोड २१ लाख, रिडि हाइड्रोपावरको २३ करोड ६३ लाख र रैराङ हाइड्रोपावरको २३ करोड ४६ लाख भन्दा माथिको कारोबार भएको छ ।

 

One thought on “हाइड्रोपावरमा लगानीकर्ता झुम्मिए, आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

  1. man bahadur gurung says:

    share market ko bisae ma janne ichchha chha.

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*