नेप्सेमा नेशनल लघुवित्त र ङादी ग्रुप पावरको शेयर मूल्य समायोजन

१७ मंसिर २०८१, सोमबार १६:११

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको शेयर मूल्य समायोजन भएको छ । नेशनल लघुवित्त र ङादी ग्रुप पावर रहेको शेयर मूल्य समायोजन भएको हो ।

नेशनल लघुवित्त १४.२५ प्रतिशत बोनस बापत नेप्सेले सोमबार शेयर मूलय समायोजन गरेको छ । समायोजन पछि सो कम्पनीको शेयर मुल्य १ हजार ३५५ रुपैयाँ ८० पैसा कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार १ हजार ५४९ रुपैयाँमा भएको थियो ।

ङादी ग्रुप पावर १०० प्रतिशत हकप्रद बापत नेप्सेले सोमबार शेयर मूलय समायोजन गरेको छ । समायोजन पछि सो कम्पनीको शेयर मुल्य २८९ रुपैयाँ कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार ४७८ रुपैयाँमा भएको थियो ।

आज मूल्य समायोजन भएका कम्पनीहरुको समायोजित मूल्यका आधारमा मंगलबार कारोबार हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*