३७ स्थानको मतपरिणाम सार्वजनिक: कांग्रेस पहिलो, माओवादी दोस्रो, एमाले तेस्रो

१७ मंसिर २०८१, सोमबार १२:१८

काठमाडौँ । आइतबार सम्पन्न उपनिर्वाचनको प्रारम्भिक नतिजा अनुसार नेपाली कांग्रेसले १६ वडामा विजय हासिल गर्दै पहिलो स्थानमा उभिएको छ। माओवादी केन्द्रले एउटा गाउँपालिका अध्यक्ष, उपाध्यक्षसहित ६ वडामा जित निकाल्दै दोस्रो स्थानमा रहँदा एमालेले एउटा अध्यक्ष र उपाध्यक्षसहित पाँच वडामा सफलता प्राप्त गरेको छ।

जनता समाजवादी पार्टी नेपाल ९जसपा० ले मधेस प्रदेशका दुई ठाउँमा वडाध्यक्ष जितेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०, एकीकृत समाजवादी, नेपाल मजदुर किसान पार्टी र स्वतन्त्र उम्मेदवारले पनि आ आफ्नो क्षेत्रमा एक एक स्थानमा विजय दर्ता गरेका छन्।

३७ स्थानको नतिजा सार्वजनिक भएसँगै प्रमुख राजनीतिक दलहरूको प्रतिस्पर्धात्मक प्रदर्शन देखिएको छ। कांग्रेसले अग्रता लिइरहे पनि माओवादी र एमालेको क्षेत्रीय प्रभाव कायम रहनु उल्लेखनीय छ। अन्य दल र स्वतन्त्र उम्मेदवारहरूको जीतले स्थानीय तहमा विविधता झल्काएको छ।

कहाँ–कहाँ जित्यो काँग्रेसले?

नगेन्द्र लिम्बू, लालीगुराँस नगरपालिका-८ तेह्रथुम
तेतर साहु, गढी गाउँपालिका-६ सुनसरी
शेख अब्दुल खलिक, ईशनाथ नगरपालिका-७ रौतहट
समसे आलम, राजपुर नगरपालिका-६ रौतहट
इच्छाकुमार महर्जन, कीर्तिपुर नगरपालिका-१
राजेन्द्र बानियाँ, कीर्तिपुर नगरपालिका-४
अर्जुनप्रसाद तिवारी, हेटौंडा-१२, मकवानपुर
आनन्द श्रेष्ठ, गुल्मीको मुसिकोट-१
भूपमणि पुन मगर, रुन्टीगढी गाउँपालिका-४ रोल्पा
अमिन थारु, ठाकुरबाबा नगरपालिका-४ बर्दिया
खम्बबहादुर सिंह, कुशे गाउँपालिका-७ जाजरकोट
मोतिराम खत्री, सानीभेरी गाउँपालिका-५ रुकुमपश्चिम
धिरेन्द्र पुजारा, सूर्मा गाउँपालिका-४ बझाङ
मोहन थापा, पुर्वीचौकी गाउँपालिका-६ डोटी
धनसिंह कुँवर, दुहु गाउँपालिका-५ दार्चुला
प्रकाश चन्द, भीमदत्त नगरपालिका-६ कञ्चनपुर

कहाँ–कहाँ जित्यो एमालेले?

कुमारी सावादेन, सिरिजंघा-३ ताप्लेजुङ
गंगाबहादुर तामाङ, मोलुङ गाउँपालिका अध्यक्ष, ओखलढुंगा
सकिबुल खाँ, रामगोपालपुर नगरपालिका-२ महोत्तरी
मोहम्द ताहिर मुसलमान, शुद्धोधन गाउँपालिका-१ कपिलवस्तु
लालबहादुर शाही, दुल्लु नगरपालिका-१३ दैलेख
जंगबहादुर शाही, महाबु गाउँपालिका अध्यक्षमा दैलेख
सुलोचना भण्डारी, स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्ष, बाजुरा

कहाँ–कहाँ जित्यो माओवादी केन्द्रले?

नवीनकुमार बान्तवा राई, त्रियुगा नगरपालिका-१२ उदयपुर
सुनिल कापर केवट, धनुषाधाम नगरपालिका-१ धनुषा
कृष्ण घिमिरे, ककनी गाउँपालिका-२ नुवाकोट
विष्णुबहादुर मगर, गोरखा नगरपालिका-५ गोरखा
जगत घर्ती, पुथा उत्तरगंगा-२ रोल्पा
नमोनारायण माझी, ग्रामथान गाउँपालिका अध्यक्ष, मोरङ
देवका लामिछाने, नलगाड नगरपालिका उपमेयर, जाजरकोट
नरबहादुर झाँक्री, त्रिपुरासुन्दरी नगरपालिका-५ डोल्पा

कहाँ–कहाँ जित्यो जसपाले

धिरेन्द्रकुमार साह, डाक्नेश्वरी-१, सप्तरी
देवेन्द्रप्रसाद यादव, डाक्नेश्वरी-४, सप्तरी

राष्ट्रिय स्वतन्त्र पार्टीले जितेको ठाउँ

रोजिना श्रेष्ठ, काठमाडौं-१६

एकीकृत समाजवादीले जितेको ठाउँ

बजरंगीप्रसाद यादव, गढीमाई नगरपालिका-८ रौतहट
नेमकिपाले जितेको ठाउँ

खड्गराज शाही, तिलागुफा नगरपालिका-४ कालिकोट

स्वतन्त्रलले जितेको ठाउँ

क्ष्मीप्रसाद ओली, कन्काई नगरपालिका-६ झापा

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*