सिद्धार्थ केवलकारले पुस ४ गतेदेखि साढे ६७ लाख कित्ता हकप्रद शेयर निष्कासन गर्ने
१७ मंसिर २०८१, सोमबार ११:४४
काठमाडौं । सिद्धार्थ केवलकार लिमिटेडले पुस ४ गतेदेखि ६७ लाख ५० हजार कित्ता हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले मंसिर १५ गतेसम्म कायम शेयरधनीहरुका लागि यी हकप्रद शेयर निष्कासनमा ल्याउन लागेको हो ।
१ बराबर १.१२५ को अनुपातमा निष्कासनमा आउन लागेको हकप्रद शेयर खरीदका लागि सम्बन्धित शेयरधनीहरुले माघ ७ गतेसम्म आवेदन पेश गर्न सक्नेछन् ।
हकप्रद शेयर खरीदका लागि सिद्धार्थ केवलकारको केन्द्रिय कार्यालय बुटवल, रुपन्देहीमा आवेदन प्राप्त गर्न र बुझाउन सकिने व्यवस्था छ ।