युरो र पाउन्डको भाउ बढ्दा अमेरिकी डलर स्थिर

१७ मंसिर २०८१, सोमबार ०७:४३

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको खरिदमूल्य १३४.८८ रुपैयाँ र बिक्रीमूल्य १३५.४८ रुपैयाँमा स्थिर रहेको छ। शुक्रबारदेखि डलर यही भाउमा स्थिर रहेको हो।

यता युरो भने २३ पैसाले बढेर खरिदमूल्य १४२.६६ रुपैयाँ र बिक्रीमूल्य १४३.२९ पैसा पुगेको छ। आज बेलायति पाउन्डको बिकीदर १७२.५८ रुपैयाँ र खरिददर १७१.८२ रुपैयाँ कायम भएको छ। आइतबार बिक्रीदर १७१.९७ पैसा र खरिददर १७१.२१ पैसा थियो।

आज अष्ट्रेलियन डलरको खरिदमूल्य ८८.२२ रुपैयाँ र बिक्रीमूल्य ८७.८३ पैसा छ। कतारी रियालको खरिदमूल्य ३७.१५ रुपैयाँ कायम भएको छ भने बिक्रीमूल्य ३६.९८ रुपैयाँ निर्धारण गरिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*