आजसम्म शेयर किन्नेले ङादी ग्रुपको हकप्रदमा आवेदन दिन पाउने
१७ मंसिर २०८१, सोमबार ०६:५६
काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्कासनका लागि भोलि (मंसिर १८) बुक क्लोज गर्दैछ। यसर्थ आज सोमबारसम्म कम्पनीको साधारण शेयर खरिद गर्ने लगानीकर्ताले मात्रै हकप्रदमा आवेदन दिन पाउनेछन्।
यस कम्पनीले लगानीकर्तालाई १ कित्ता साधारण शेयर बराबर थप १ कित्ता हकप्रद शेयर बिक्री गर्न लागेको हो।
कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १ करोड ८५ लाख १२ हजार ७९२ कित्ता हकप्रद निष्कासन गर्दैछ। यसबाट कम्पनीले १ अर्ब ८५ करोड १२ लाख ७९ हजार २२२ रुपैयाँ संकलन गर्नेछ।