यूनाइटेड इन्स्योरेन्सले कृषि तथा पशुपन्छि बीमा अभिकर्ता तालिम दिने

२३ भाद्र २०७८, बुधबार १४:१९

काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा अभिकर्ता तालिम संचालन गर्ने भएकोे छ । कम्पनीले कृषि तथा पशुपन्छि बीमा अभिकर्ता तालिम दिन लागेको हो ।

कोरोनाको अवस्थालाई मध्यनजर गर्दै कम्पनीले जुम मार्फत ३ दिन तालिम संचालन गर्ने भएको होे । उक्त तालिममा सहभागी हुन न्यूनतम योग्यता एलएलसी उर्तिण र कृषि, पशु वा बनस्पती विज्ञानमा कम्तीमा एक बर्षको तालिम प्राप्त अभिकर्ताले आवेदन दिनसक्ने छन् ।

इच्छुक योग्यता पुगेका ब्यक्तिले तालिममा सहभागी हुनका लागि भदौ ३१ गते भित्र कम्पनीको प्रधान कार्यालय ट्रेड टावर थापाथलीमा सम्पर्क गर्न सक्नेछन् ।

कम्पनीको तालिम असोज ६ गते देखी ८ गतेसम्म बिहान ९ बजेदेखी कम्पनीको प्रधान कार्यालयमा जुममार्फत हुनेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*