एनएमबि बैंकले ल्यायो तीज अफर, के के छन् सुविधा ?

२३ भाद्र २०७८, बुधबार १४:०३

काठमाडौं । एनएमबि बैंकले तीज अवसर अफर ल्याएको छ । बैंकले तीजको अवसरमा आफ्ना ग्राहकहरुलाई बिशेष अवसर सार्वजनिक गरेको हो ।

सो अफर अन्गर्तत बैंकका ग्राहकहरुले क्यू आर कोड, पोेस वा ईएनएमबी एप प्रयोग गरी विभिन्न स्टोर्स र ब्राण्डको सामान खरिद गर्दा १० प्रतिशत वा ३ सयसम्म क्यास ब्याकको पाउनेछन् ।

तीजको अवसरमा आफन्तलाई भेटघाट गर्ने, दर खाने र नाचगान गर्ने जस्ता कार्यले कोरोनाको जोखीम बढ्न सक्ने भएकाले सो कुुरालाई मध्यनजर गर्दै बैंकले आफ्ना ग्राहकलाई उक्त अफरहरु सार्वजनिक गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*