लुम्बिनी जनरल इन्स्योरेन्सकोे १ लाख २२ हजार संस्थापक शेयर बिक्रीमा

२३ भाद्र २०७८, बुधबार १३:४५

काठमाडौंं । सनराइज बैंक लिमिटेडको स्वामित्वमा रहेको लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको १ लाख २२ हजार २८७ कित्ता शेयर बिक्री गर्न लागेको हो ।

बैंकले सो कम्पनीको शेयर न्यूनतम मूल्य प्रतिकित्ता ४२१.६३ रुपैयाँ तोकेको छ । आवेदकले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।

उक्त शेयर खरिद गर्न चाहने इच्छुक विद्यमान सस्थापक शेयरधनी वा जो कोही ब्यत्ति तथा संघ संस्थाले असोज १ गते भित्र कम्पनीको बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड कमलपोखरी काठमाडौंमा के कति दर रेटमा कबुल गर्ने हो सम्पूर्ण विवरण खुलाई गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सक्ने छन् ।

बोलपत्र पेश गर्दा न्यूनतम १ हजार कित्ता देखी अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिनुपर्ने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*