सिटी होटलले हकप्रद निष्कासन गर्ने

१६ मंसिर २०८१, आईतवार १०:३५

काठमाडौं । सिटी होटल लिमिटेडले हाल कायम चुक्ता पूँजीको १ः०.८ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने भएको छ।

होटलको मंसिर १४ गते बसेको सञ्चालक समितिको बैठकले ऋण चुक्ता गर्नका लागि १ बराबर ०.८ को अनुपातमा हकप्रद निष्कासन गर्ने निर्णय गरेको हो।

साथै उक्त प्रस्ताव स्वीकृतिका लागि आगामी वार्षिक साधारणसभामा पेश गर्ने समेत निर्णय भएको कम्पनी सचिव जेलिना महर्जनले जानकारी दिएकी छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*