पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि

१६ मंसिर २०८१, आईतवार ०७:५६

काठमाडौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। निगमले गएराति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको जनाएको हो।

निगमले पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँले बढाएको छ। नयाँ मूल्यअनुसार पहिलो वर्गका क्षेत्रहरूमा पेट्रोलको मूल्य प्रतिलिटर १५७ रुपैयाँ ५० पैसा पुगेको छ। दोस्रो वर्गका क्षेत्रहरूमा १५९ रुपैयाँ र तेस्रो वर्गका क्षेत्रहरूमा १६० रुपैयाँ तोकिएको छ।

पहिलो वर्गमा चारआली, विराटनगर, जनकपुर, अमलेखनञ्ज, भलवारी नेपालगञ्ज , वीरगञ्ज र धनगढीजस्ता स्थान छन्। दोस्रो वर्गमा सुर्खेत र दाङ पर्छन् भने तेस्रो वर्गमा काठमाडौँ, पोखरा, र दिपायल लगायतका क्षेत्र छन्।

हवाई इन्धनतर्फ अन्तर्राष्ट्रिय उडानका लागि प्रतिकिलो लिटर १५ अमेरिकी डलर वृद्धि गरिएको छ। आन्तरिकतर्फ प्रतिलिटर दुई रुपैयाँले मूल्य बढेको छ।
एलपी ग्यासतर्फ प्रतिसिलिण्डर १४ रुपैयाँ ४९ पैसा वृद्धि भए पनि उपभोक्ताको हितलाई ध्यानमा राख्दै मूल्य यथावत राखिएको निगमले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*