एक्सल डेभलपमेण्ट बैंकको ३० प्रतिशत हकप्रदमा भदौ ३१ सम्म कायम शेयरधनीले मात्र आवेदन दिन पाउने

२३ भाद्र २०७८, बुधबार १२:५०

काठमाडौं । एक्सल डेभलपमेण्ट बैंक लिमिटेडले हकप्रद प्रयोजनका लागि बुक क्लोज मिति तय गरेको छ । कम्पनीले नेप्सेमार्फत जानकारी गराएको सूचनामा ३० प्रतिशत हकप्रद शेयर प्रयोजनका लागि असोज १ गते एक दिन बुक क्लोज गर्ने जनाएको हो ।

कम्पनीको भदौ २२ गते बसेको संचालक समितिको बैठकले हकप्रद शेयर प्रयोजनका लागि बुकक्लोज मिति तोकेको हो । बुक क्लोजको आधारमा भदौ ३१ गते कायम शेयरधनीहरु मात्र हकप्रद शेयर खरिदका लागि आवेदन दिन पाउनेछन् ।

कम्पनीले सो प्रतिशतको हकप्रद निष्काशन तथा बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरिसकेको छ । कम्पनीको हाल कायम चुक्तापूँजी ८१ करोड ११ लाख २१ हजार रुपैयाँको आधारमा १० बराबर ३ को अनुपातमा २४ लाख ३३ हजार ३६३ दशमलव ६७ कित्ता शेयर बिक्री गर्न लागेको हो । हकप्रदश शेयर निष्काशनको मिति भने कम्पनीले तय गर्न बाँकी छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*