एनीभर्सरीमा श्रीमानलाई २० लाख रुपैयाँको बीमा पोलिसी उपहार

१४ मंसिर २०८१, शुक्रबार १८:०६

काठमाडौँ । पछिल्लो समय विवाह उत्सव होस् या जन्मजयन्ती वा अन्य कुनै विशेष उत्सवमा दिइने उपहारले निकै ठूलो अर्थ राखोस् भन्ने चाहना सबैको हुन्छ। त्यसैले अहिले दिइने उपहारको शैली परिवर्तन हुन थालेको छ।

एकछिनमा ओइलाउने फूलका बुकीभन्दा जीवन सुरक्षित बनाउने बीमा पोलिसी उपहार दिने चलन बढेर गएको छ। बीमा पोलिसी उपहारको रुपमा प्रदान गर्ने प्रचलन भित्रिँदै आएको छ ।

यसैक्रममा हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड टिकापुर उप–प्रादेशिक कार्यालयकी एजेन्सी म्यानेजर श्रीमती तारा साउदले आफ्नो वैवाहिक वार्षिकोत्सबको अवसरमा आफ्नो श्रीमानलाई २० लाख बीमांक राशिको बीमा पोलिसी उपहार दिएकी छिन् । उनले आफ्ना श्रीमानलाई हिमालयन लाइफ इन्स्योरेन्सको बीमा पोलिसी उपहार स्वरुप दिएकी हुन् ।

एजेन्सी म्यानेजर तारा साउँदले बीमा केवल व्यवसाय मात्र होइन नभएर परिवारप्रति जिम्मेवारी र सुरक्षा प्रदान गर्ने माध्यम भएको बताईन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*