नेपाल पुनर्बीमा कम्पनीको प्रस्तावित लाभांश परिमार्जन, अब बोनस र नगद कति ?

२३ भाद्र २०७८, बुधबार १२:३५

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले लाभांश प्रस्ताव परिमार्जन गरेको छ । कम्पनीले नेप्सेमार्फत जानकारी गराएको सूचनामा यसअघि प्रस्ताव गरेको लाभांश परिमार्जन गरेको जनाएको हो ।

कम्पनीको असार ७ गते बसेको संचालक समितिको बैठकले अघिल्लो आर्थिक वर्ष २०७६।०७७ को वितरणयोग्य मुनाफा र शेयर प्रिमियमबाट हाल कायम चुक्तापूँजीको आधारमा १६.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनसमेत ३.५० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको थियो । कम्पनीले यसअघिको कुल २० प्रतिशत लाभांश प्रस्ताव परिमार्जन गरी १९ प्रतिशत लाभांश कायम गरेको हो ।

कम्पनीले बीमा समितिको निर्देशन बमोमिज हाल कम्पनीको चुक्तापूँजी १० अर्ब रुपैयाँबाट बोनस शेयर १६.५० प्रतिशत र नगद लाभांश २.५० प्रतिशत गरी कुल १९ प्रतिशत लाभांश दिने गरी प्रस्तावित लाभांश परिमार्जन गरेको हो ।

परिमार्जित लाभांश नेपाल सरकार अर्थ मन्त्रालय र नियामक निकाय बीमा समितिबाट स्वीकृत भएपश्चात् कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुलाई लाभांश वितरण गर्नेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*