नेपाल धितोपत्र बोर्डको प्रवक्तामा निरञ्जय घिमिरे नियुक्त

१४ मंसिर २०८१, शुक्रबार १२:११

काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले प्रवक्ताको जिम्मेवारी बोर्डकै उप–कार्यकारी निर्देशक निरञ्जय घिमिरेलाई दिएको छ

नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले कर्मचारीको जिम्मेवारी हेरफेर गर्दै घिमिरेलाई बोर्डको प्रवक्ताको जिम्मेवारी दिएका हुन्।

यही मंसिर १३ देखि नै लागू हुने गरी घिमिरेलाई प्रवक्ताको जिम्मेवारी दिएको हो। यसअघि प्रवक्ताको जिम्मेवारीमा कार्यकारी निर्देशक डा.नवराज अधिकारी थिए।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*