उपनिर्वाचनको मुखैमा गृह मन्त्रालयमा उपसचिवहरुको व्यापक सरुवा (सूचीसहित)

१४ मंसिर २०८१, शुक्रबार १०:५८

काठमाडौं । गृह मन्त्रालयले उपनिर्वाचनको मुखैमा अकस्मात उपसचिवहरुको सरुवा गरेको छ । उपनिर्वाचनको मौन अवधि सुरु हुनभन्दा एक दिनअघिको मिति राखेर गृहले १२ उपसचिवहरुको एकैसाथ सरुवा तथा पदस्थापन गरेको हो । बिहीबार मध्यराति १२ बजेदेखि उपनिर्वाचनको मौन अवधि लागू भएको छ ।

ललितपुरको सहायक प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपाल सरुवा सूचीको पहिलो नम्बरमा परिन् । उनलाई गृहमन्त्रालय तानिएको छ । हाल गृहमा रहेका चिरिञ्जिवी भण्डारीलाई भक्तपुर जिल्ला प्रशासनमा पदस्थापन गरिएको छ ।

कारागार प्रशासक कृष्णबहादुर कटुवाल पनि गृहमन्त्रालय नै तानिएका छन् भने गृह मन्त्रालयमा रहेका अन्जन न्यौपाने केन्द्रीय कारागार जगन्नाथ देवल सुन्धारा सरुवा भएका छन् ।

अन्य को कहाँ पुगे ?

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*