स्वरोजगार लघुवित्तको २५ प्रतिशत लाभांश घोषणा

२३ भाद्र २०७८, बुधबार ११:२३

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले आज नेप्सेमार्फत जानकारी गराएको सूचनामा २५ प्रतिशत लाभांश घोषणा गरेको हो ।

कम्पनीको भदौ २२ गते बसेको संचालक समितिको २२३ औं बैठकको निर्णयअनुसार नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात आगामी वार्षिक साधारण सभाबाट पारीत गरि शेयरधनीहरुलाई वितरण गर्नेछ ।

कम्पनीले गत आर्थिक वर्ष सम्मको वितरण योग्य मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम रहेको चुक्ता पूँजी ४१ करोड १२ लाख ७९ हजार २९७ बाट २५ प्रतिशतले हुन आउने १० करोड २८ लाख १९ हजार ८२४ रुपैयाँ लाभांश वितरण गर्न लागेको हो ।

साथै उक्त संस्थाले जनकपुर लुघवित्त वित्तीय संस्थालाई प्राप्ती गरी २०७७ असोज २५ गतेदेखि कारोबार समेत सुरुवा गरेको हुँदा घोषित लाभांश रकममा लाभांश कर नलाग्ने समेत जानकारी गराएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*