आई.एम.ई. लाइफ इन्स्योरेन्समा सिईओ पवन खड्काद्वारा आजैबाट कार्यभार सुरु, उत्कृष्ट कम्पनीले बनाउने विश्वास
काठमाडौं । आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा पवन कुमार खड्का औपचारिक रुपमा नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिको मिति २०८१ मंसिर १३ गते बसेको बैठकले खड्कालाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो ।
सिईओमा नियुक्त खड्काले आजैबाट शपथ ग्रहण गरी कार्यभार प्रारम्भ गरेका छन् । सिईओ खड्काले शपथग्रहण गर्दै आजबाटै पदभार ग्रहण गरेका छन् । यही मंसिर १२ गते नियामक नेपाल बीमा प्राधिकरणले स्वीकृति दिएसँगै खड्का आजदेखि आइएमई लाइफको सिईओ बन्न पुगेका हुन् । आइएमई लाइफले सिईओ पद रिक्त भएको छोटो समयमा नै नयाँ सिईओ नियुक्ती गर्न सफल भएको छ ।
आइएमई लाइफको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका खड्का नेपाली बीमा क्षेत्रमा कुशल, क्षमतावान बीमा प्रशासक हुन् । आइएमई लाइफमा आबद्ध हुनु पूर्व नेपाल लाइफ हुँदै तत्कालिन सुर्या लाइफमा सिईओ बनेर कुशलतापूर्वका काम गरिसकेका अनुवभी व्यक्ति हुन् । तत्कालिन सिईओ खड्का सुर्या र ज्योति लाइफको मर्जर पश्चात सुर्याज्योति लाइफ इन्स्योरेन्समा डेपुटी सिईओ पदमा कार्यरत थिए । उनले यही मंसिर ६ गतेदेखि लागू हुने गरी राजिनामा दिएर आइएमई लाइफमा आबद्ध भएका हुन् ।
सिईओ खड्का बीमा, जलविधुत तथा सिमेन्टे क्षेत्रको कार्यअनुभव भएको व्यक्ति हुन् । चार्टर्ड एकाउन्टेन्ट सम्बन्धी कोर्स ए.सि.सि.ए. सयुक्त राज्य बेलायत र व्यवस्थापनमा त्रिभुवन बिश्व विद्यालययबाट स्नातकोत्तरको शौक्षिक योग्यता रहेका खड्काले आईएमई लाइफलाई नयाँ उचाईमा पुर्याउने विश्वासका साथ सञ्चालक समितिले सिईओमा नियुक्त गरेको हो ।