तीन कम्पनीको शेयरमा सकारात्मक सर्किट, यी कम्पनीका लगानीकर्ता भए मालामाल
१३ मंसिर २०८१, बिहीबार १५:१६
काठमाडौँ । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार झिनो अंकले घटेको छ । आज नेप्से परिसूचक ८.३० अंकले घटेर २६४८.०५ को बिन्दुमा कायम भएको छ ।
शेयर बजार बढेसँगै बिशाल बजार, विन नेपाल लघुवित्त र सपोर्ट माइक्रोफाइनान्सको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
त्यस्तै, आज पाँचथर पावर कम्पनी, एलआइसी नेपाल, जानकी फाइनान्स, मितेरी डेभलपमेन्ट बैक लगायतका कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक कमाएका छन् ।