बजारमा करेक्सनः पर्ख र हेरको रणनीतिमा लगानीकर्ता, ‘मौद्रिक नीति लचिलो आए नयाँ रेकर्ड बन्छ’
काठमाडौँ । लगातार तीन दिनको उकालोपछि शेयर बजारमा आज सामान्य करेक्सन देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक केही अंकले ओरालो लागे पनि लगानीकर्ताको मनोबल उच्च छ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठको नियुक्तिपछि बजारमा आएको सकारात्मक वातावरणले लगानीकर्तामा विश्वास बढाएको छ । बजारले केही सुधार लिने अपेक्षाका बीच आजको गिरावटलाई विश्लेषकहरूले सामान्य करेक्सनका रूपमा हेरेका छन् ।
लगानीकर्ताको मनोबल मजबुत हुँदै जानु र बजारमा सकारात्मक ऊर्जा देखिनु पुँजी बजारका लागि शुभ संकेत मानिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्रीद्वारा शेयर बजारलाई अर्थतन्त्रको ऐना भनेर व्याख्या गर्नु र नियामक निकायहरूमा सहकार्यको सम्भावना देखिनुले लगानीकर्ताको आत्मविश्वासमा वृद्धि भएको छ । विशेषगरी, बोर्ड अध्यक्ष सन्तोषनारायण श्रेष्ठ र नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीबीच सहकार्य हुने अपेक्षाले बजारमा उत्साह थपेको छ ।
अब आउने मौद्रिक नीतिको पहिलो समीक्षा पुँजी बजारको लागि निर्णायक बन्न सक्ने ठानिएको छ । यदि मौद्रिक नीतिले शेयर बजारमैत्री व्यवस्था ल्यायो भने बजारमा नयाँ उचाइको संभावना रहेको छ । विशेषज्ञहरूको अनुसार, ब्याजदर घटाउने र पूँजी परिचालनलाई सहज बनाउने नीति अवलम्बन गरेमा बजारमा थप उछाल देखिन सक्छ ।
सरकार र नियामक निकायहरूको पुँजी बजारप्रतिको सकारात्मक धारणा लगानीकर्ताका लागि हौसला दिने अर्को कारण बनेको छ। बजारलाई दीर्घकालीन रूपमा सबल बनाउन सरकारका कदम र नियामक निकायहरूको सहकार्य महत्त्वपूर्ण हुने विश्वास गरिएको छ। लगानीकर्ताले आगामी नीतिगत निर्णयप्रति आशावादी दृष्टिकोण राख्दै शेयर बजारलाई अर्थतन्त्रको महत्वपूर्ण हिस्सा बनाउनुपर्ने धारणा प्रकट गरेका छन्।काठमाडौँ । लगातार तिन दिनको चमक पछि आज शेयर बजार ओरालो लागेको छ । नेपाल धितोपत्र बोर्डमा सन्तोषनारायण श्रेष्ठ अध्यक्षको जिम्मेवारीमा आएसँगै बजारमा रौनक थपिएको हो । तर, आज बजारमा सामान्य करेक्सन देखिएको हो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ८.३० अकंले बढेर २७४८.०५ बिन्दुमा कायम भएको छ । आज ३०७ कम्पनीको १ करोड ६६ लाख ६३ हजार कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ५४ करोडको शेयर कारोबार भएको छ ।
आज १० उपसूचक राताम्य भएका छन् । आज विकास बैंक समूहको १.०५ प्रतिशत, जीवन बीमा समूहको ०.४७ प्रतिशत र व्यापार समूहको ९.२५ प्रतिशतले बढेको छ ।
बिहिबार ५० कम्पनीको शेयर मूल्य बढ्दा १९४ कम्पनीको घटेको छ ।