तीन बीमा कम्पनी सिईओ विहिन

१३ मंसिर २०८१, बिहीबार १३:४६

काठमाडौं । हाल संचालमा रहेका तीन बीमा कम्पनीहरु प्रमुख कार्यकारी अधिकृत (सीईओ) विहीन अवस्थामा सञ्चालन रहेका छन्।सो मध्ये आइएमई लाइफले भने सिईओ नियुक्ति प्रकृया अघि बढाईसकेको छ । कम्पनीको बोर्डले सिईओ छनोट प्रकृया अघि बढाई नियामक निकाय नेपाल बीमा प्राधिकरणमा पेश गरिसकेको छ । प्राधिकरणले स्वीकृतीपश्चात् कम्पनीले सिईओ पाउनेछ ।

बीमा क्षेत्रको नियामक नेपाल बीमा प्राधिकरणले जारी गरेको बीमकको संस्थागत सुशासन निर्देशिका २०८० (पहिलो संशोधन)को दफा २५ (११) को प्रावधानअनुसार बीमकको प्रमुख कार्यकारी अधिकृत पद रिक्त भएको मितिले ३ महिनाभित्र नियुक्त गरिसक्नुपर्नेछ ।

सो निर्देशन अनुसार कायम मुकायम सीइओलाई तीन महिनाभन्दा बढी समय काम गर्न दिन नहुने व्यवस्था छ तर सरकारी स्वामित्वको जीवन बीमा कम्पनी राष्ट्रिय जीवन बीमा कम्पनी र निजी क्षेत्रको आइएमई लाइफ इन्स्योरेन्स लामो समयदेखि सीईओविहीन अवस्थामा सञ्चालन भइरहेका छन् ।

त्यसैगरी युनाइटेड अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत श्रवणकुमार रावलको अकस्मात निधन भए लगत्तै यो संस्था पनि सीइओविहिन छ ।आइएइई लाइफको सिईओमा भने पवन खड्का नियुक्त गर्ने तयारी गरेको छ । प्राधिकरण्बाट स्वीकृती पाएमा सिईओ खड्काले कम्पनीको जिम्मेवारी सम्हाल्नेछन् ।

सरकारी स्वामित्वको कम्पनी सीईओविहीन भएको १ वर्ष पूरा भइसकेको छ। हाल राष्ट्रिय जीवन बीमा कम्पनीको नेतृत्व निमित्त सीईओका रुपमा नायब महाप्रबन्धक महेश रिमालले गरिरहेका छन्।

बीमा ऐन २०७९ कार्यान्वयनमा आएसँगै राष्ट्रिय बीमा संस्थान ऐन २०२५ खारेजी भएपछि लिमिटेड कम्पनीमा बाध्यात्मक रुपान्तर भएको राष्ट्रिय जीवन बीमा कम्पनीमा सीईओ नियुक्त हुन सकेको छैन। असोज १६ गते दरखास्त आह्वान गरिएको थियो। तर, शैक्षिक योग्यता, अनुभव र व्यावसायिक कार्ययोजनाको मूल्यांकनमा कुल पूर्णांक ५५ को ६० प्रतिशतले हुन आउने अंक प्राप्त गर्ने उम्मेदवारलाई कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि सिफारिस समितिले सर्टलिस्ट गर्नुपर्ने प्रावधान छ।

तर, कुनै पनि उम्मेदवारले ६० प्रतिशत अंक प्राप्त गर्न नसकेकोले सर्टलिस्टका लागि छनोट नभएको सूचना समितिले मंसीर ५ गते प्रकाशित गर्यो । समितिले मंसिर ६ गते फेरि सूचना निकालेर सीईओका लागि दरखास्त आह्वान गरेको छ।

सरकारी स्वामित्वको कम्पनी सीईओविहीन भएको १ वर्ष पूरा भइसकेको छ। हाल राष्ट्रिय जीवन बीमा कम्पनीको नेतृत्व निमित्त सीईओका रुपमा नायब महाप्रबन्धक महेश रिमालले गरिरहेका छन्।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*