कति छ आज कालीमाटीमा तरकारीको भाउ?

१३ मंसिर २०८१, बिहीबार ०७:५९

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा मंसिर १३ गतेका लागि मूल्य निर्धारण भएको छ। जसअनुसार आज सानो लोकल गोलभेडा ६० रुपैयाँ, स्थानीय काउली ८० रुपैयाँ, लोकल बन्दा ७० रुपैयाँ र कन्य च्याउ १८० रुपैयाँ किलो न्यूनतम मूल्य तोकिएको छ।

त्यसैगरी यस दिन डल्ले च्याउ २५० रुपैयाँ, इस्कुस २० रुपैयाँ, भिण्डी ९० रुपैयाँ, पिँडालू ६० रुपैयाँ, पाकेको फर्सी ४० र हरियो ५० रुपैयाँ, घिरौला ९० र परवर ८० रुपैयाँ, तोरीको साग ५० रुपैयाँ र ब्रोकाउली १०० रुपैयाँ किलो न्यूनतम मूल्यमा किनबेच भइरहेको छ।
आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*