अमेरिकी डलरको भाउ बढ्यो, कति छ अन्य मुद्राको विनिमयदर?

१३ मंसिर २०८१, बिहीबार ०७:४९

काठमाडौं । आज मंसिर १३ गते अमेरिकी डलरको भाउ बढेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमयदर अनुसार आज बिहीबार अमेरिकी डलरको खरिदमूल्य १३४.८३ र बिक्रीमूल्य १३५.४३ रुपैयाँ तोकिएको छ। अघिल्लो दिन खरिदमूल्य १३४.६३ र बिक्रीमूल्य १३५.२३ रुपैयाँ थियो।

नेपाल राष्ट्र बैंकका अनुसार यस दिन एक युरोको खरिददर १४१.७३ छ भने बिक्रीदर १४२.३६ रुपैयाँ छ। एक अष्ट्रेलियन डलरको खरिदमूल्य ८७.२९ छ भने बिक्रीमूल्य ८७.६८ रुपैयाँ कायम भएको छ।

त्यसैगरी कतारी रियालको खरिददर ३६.९९ छ भने बिक्रीदर ३७.१५ रुपैयाँ छ, यता यूएई दिरामको खरिदमूल्य ३६.७१ र बिक्रीमूल्य ३६.८७ रुपैयाँ हुँदा मलेसियर रिङ्गिटको खरिदभाउ ३०.३५ र बिक्रीभाउ ३०.४९ रुपैयाँ छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*