नेपाली चर्चित क्रिकेटर ललित राजवंशी ब्राण्ड एम्बेस्डर नियुक्त

१२ मंसिर २०८१, बुधबार १८:२१

काठमाडौँ । नेपाली क्रिकेट जगतका चर्चित खेलाडी ललित राजवंशी प्ल्याटफम एजुकेशन फाउण्डेशनको ब्राण्ड एम्बेस्डरमा नियुक्त भएका छन् ।

बुधबार काठमाडौंको अरन्या बैंङकेटमा एक कार्यक्रम आयोजना गरी क्रिकेटर राजवंशीलाई प्ल्याटफम एजुकेशन फाउण्डेशनले आफ्नो ब्राण्ड एम्बेस्डरमा नियुक्त गरेको हो ।

आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्ल्याटफम एजुकेशन फाउण्डेशनका प्रमुख कार्यकारी अधिकृत सुनिल खतिवडाले नेपालका चर्चित क्रिकेटर ललित राजवंशीलाई ब्राण्ड एम्बेस्डर बनाउँन पाउदा एकदमै खुशी रहेको बताए ।

उनले भने, ‘नेपाली खेलाडीहरुलाई व्यवसायीक र आर्थिक रुपमा अगाडी बढाउन फाउण्डेशनको ब्राण्ड एम्बेस्डरमा नियुक्त गर्न पाउँदा गौरवान्वित भएको महशुस गरेको छु।’

साथै, क्रिकेटर ललित राजवंशीले प्ल्याटफर्म एजुकेशनलाई धन्यवाद व्यक्त गर्दै आउँदो दिनमा अझै मिहिनेत र संघर्ष गरेर खेल खेल्ने प्रतिवद्धता जनाएका छन् ।

प्ल्याटफर्म एजुकेशन फाउण्डेशनले ललित राजवंशीलाई आगामी तीन वर्ष अवधिको लागि ब्राड एम्बेस्डरका रुपमा नियुक्त गरेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*