नौ कम्पनीको शेयरमा सकारात्मक सर्किट, यी हुन् कम्पनीका लगानीकर्ता भए मालामाल

१२ मंसिर २०८१, बुधबार १५:०६

काठमाडौँ । कारोबार साताको चौथो दिन अर्थात बुधबार शेयर बजार दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक ३८.८१ अंकले बढेर २७५५.४७ को बिन्दुमा कायम भएको छ ।

शेयर बजार बढेसँगै आज १९९ कम्पनीका लगानीकर्ताहरु मालामाल बनेका छन् । आज शेयरमूल्य बढेका कम्पनीहरुमध्ये नौ वटामा सकारात्मक सर्किट लागेको छ ।

आज विशाल बजार कम्पनी, कर्णाली डेभलपमेन्ट बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, सपोर्ट माइक्रोफाइनान्स, सप्तकोशी डेभलपमेन्ट बैंक, मानुषी लघुवित्त लगायतका कम्पनीहरुमा सकारात्मक सर्किट लागेको छ ।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*