बक्यौता बुझाउन बाँकी उद्योगहरूमा बिजुली नकाट्ने विद्युत् प्राधिकरणको निर्णय
१२ मंसिर २०८१, बुधबार १४:२४
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले बक्यौता बुझाउन बाँकी रहेका उद्योगहरूमा बिजुली नकाट्ने निर्णय गरेको छ । बुधबार बसेको नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बोर्ड बैठकले बक्यौता बुझाउन बाँकी रहेका उद्योगहरूमा बिजुली नकाट्ने निर्णय गरेको हो ।
विद्युत् नियमन आयोगले उद्योगहरूको बिजुलीको लाइन नकाटेर बक्यौता असुली गर्न निर्देशन दिएकाले बोर्ड बैठकले वैकल्पिक बाटो प्रयोग गरेर पैसा उठाउने निर्णय गरेको प्राधिकरणले जनाएको छ ।
मंगलबार विद्युत नियमन आयोगले उद्योगमा तत्काल लाइन नकाट्न निर्देशन दिएपछि बुधबार समितिको बैठक बसेको थियो।