तरलताको व्यवस्थापनका लागि राष्ट्र बैंकद्वारा १ खर्बको निक्षेप संकलन
काठमाडौँ। बजारमा बढेको तरलताको व्यवस्थापनका लागि नेपाल राष्ट्र बैंकले १ खर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गर्ने घोषणा गरेको छ। आज मंसिर १२ गते बुधबार यस सम्बन्धी बोलकबोल प्रक्रिया हुने राष्ट्र बैंकले जानकारी दिएको छ।
बैंक तथा वित्तीय संस्थाहरूमा थुप्रिएको अधिक तरलता हटाउन राष्ट्र बैंकले २१ दिनको अवधि लागि उक्त उपकरण प्रयोग गर्ने तयारी गरेको हो। यसअघि पनि राष्ट्र बैंकले यस्तै उपकरण प्रयोग गरी बजारबाट पैसा खिच्ने काम गर्दै आएको छ।
हाल बैंकहरूले कर्जा प्रवाह गर्न नसक्दा थुप्रिएको रकमले वित्तीय प्रणालीमा असन्तुलन ल्याएको अवस्थामा राष्ट्र बैंकको यो कदमले तरलता व्यवस्थापनमा सहयोग गर्ने अपेक्षा गरिएको छ।
राष्ट्र बैंकले पटकपटक यस्ता उपायहरू प्रयोग गरी बजारमा सन्तुलन कायम गर्न भूमिका खेल्दै आएको छ। यसपटकको निक्षेप संकलनले वित्तीय प्रणालीमा तरलताको भार घटाएर कर्जा प्रवाहलाई सहज बनाउने लक्ष्य राखेको छ।
27.DC_-NOtice2081.08.12-1