गरिमा विकास बैंकका ग्राहकलाई ल्याण्डमार्क होेटल्स रिर्सोट एण्ड स्पामा छुुट

२२ भाद्र २०७८, मंगलवार १६:३१

काठमाडौं । गरिमा विकास बैक र ल्याण्डमार्क होेटल्स रिर्सोट एण्ड स्पाबीच सम्झौता भएको छ । बैंकले आफ्ना ग्राहकहरुलाई थप सुविधा प्रदान गर्नका लागि उक्त होटलसँग सम्झौता गरेको हो ।

उक्त सम्झौता अनुुसार बैंकका ग्राहकहरुले चेन होटल ल्याण्डमार्क होटल्स रिर्सोट एण्ड स्पामा डिलक्स रुपमा ३५ प्रतिशत र फुड एण्ड वेभरेजमा १५ प्रतिशत छुट लगायतका अन्य आर्कषित छुट पाउने छन् ।

साथै बैंकका ग्राहकले डेविट कार्ड र मोबाइल बैंकिङ प्रयोग गरि बिल भुक्तानी गर्नुहुने ग्राहकले काठमाडौं, पोखरा र चितवनमा रहेका ल्याण्डमार्क होटलबाट उक्त छुट पाउनेछन्. ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*