सोल्टी होटलको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

१२ मंसिर २०८१, बुधबार ०७:५०

काठमाडौं । सोल्टी होटलको लाभांश सुरक्षित गर्ने आज (मंसिर १२ गते) अन्तिम दिन रहेको छ।

वार्षिक साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ होटलले भोल (मंसिर १३ गते) बुक क्लोज गर्दैछ। तसर्थ आजसम्म कायम शेयरधनी मात्रै सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन्।

सोल्टी होटलले गत वर्षको नाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र २६.८४ प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने घोषणा गरिसकेको छ।
घोषित लाभांश पारित गर्न पुस ४ गते काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा भवनमा बिहान ११ बजे सभा बस्दैछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*