एलआइसी नेपालको हकप्रदमा आजदेखि आवेदन दिन सकिने
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) ले आज मंसिर १२ गतेदेखि हकप्रद शेयर निष्काशन खुला गरेको छ। कम्पनीले चुक्तापूँजीको ८८.४५ प्रतिशत अर्थात १ः०.८८४५ रेसियोको हकप्रद खुल्ला गरेको हो।
कम्पनीले २ अर्ब ३४ करोड ६८ लाख रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद शेयर निष्कासन गरेको छ।
एलआइसी नेपालले ८८.४५ प्रतिशत हकप्रद शेयर बिक्री गर्न कात्तिक ९ गते बुक क्लोज गरेको थियो । तसर्थ कात्तिक ८ गतेसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको हकप्रद शेयरमा आवेदन दिन पाउछन्।
हकप्रद शेयर निष्कासनका लागि कम्पनीले नेपाल एसबीआई मर्चेन्ट बैंकिङलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । हाल यस कम्पनीको चुक्ता पुँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँ रहेको छ । हकप्रद शेयर जारी भई बाँडफाँड भएपछि चुक्ता पुँजी ५ अर्ब रुपैयाँ पुग्नेछ ।