आइएमई लाइफको सिईओमा पवन खड्का नियुक्त, प्राधिकरणबाट अनुमति आएलगत्तै काम सुरु

११ मंसिर २०८१, मंगलवार २०:४२

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको सिईओ पवन खड्का नियुक्त भएका छन् । सुर्यज्योति लाइफबाट राजिनामा दिएका डेपुटी सिईओ तथा सुर्या लाइफ इन्स्योरेन्स कम्पनीका तत्कालिन सिईओ खड्कालाई आइएमई लाइफको आज बसेको सञ्चालक समितिको बैठकले सिईओ नियुक्ती गर्न आवश्यक प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।

सञ्चालक समितिको बैठकले नयाँ सिईओको रुपमा खड्कालाई नियुक्त गर्ने निर्णय गरेसँगै अब नियामकीय प्रक्रिया पुरा गरेर लैनचौरस्थित आइएमई लाइफको मुख्यालयमा सिईओका भूमिका पवन खड्का उपस्थित हुनेछन् । प्राधिकरणबाट एक दुई दिनभित्रैमा सिईओ नियुक्त स्वीकृत हुने विश्वास गरिएकोल छ । विगतमा पेश गरेकै दिन स्वीकृत भएका उदारहण समेत रहेको खड्का यसअघि पनि सिईओ भइसकेकोले योग्यता लगायतका विषयमा समस्या नरहेकोले सम्भवतः भोलि नै शपथ ग्रहण गरेर कार्यभार सम्हाल्न सक्नेछन् । जीवन बीमा क्षेत्रमा दक्ष खड्काको नेतृत्वमा आइएमई लाइफले उल्लेख्य प्रगति गर्ने विश्वास गरिएको छ ।

 

करिब तीन महिना पहिले तत्कालिन सिईओ कवि फुयाँलको पदावधी सकिएपछि आइएमई लाइफमा सिईओ पद रिक्त थियो । कम्पनीको सञ्चालक समितिले तलव सुविधा लगायतका शर्तहरु सबै विषयमा अन्तिम निर्णय गर्दै अन्तिम स्वीकृतिका लागि बीमा प्राधिकरणमा पठाएको छ ।

पवन खड्का यसअघि नै सिईओ भएर काम गरिरहेका अनुभवी र दक्ष बीमा प्रशासक हुन् । सुर्यज्योति बन्नु अघि सुर्या लाइफ इन्स्योरेन्स कम्पनीमा सिईओ रहेका खड्का मर्जरपछि डेपुटी सिईओ हुनु परेको थियो । अनुभवी खड्काको नियुक्ती बीमा प्राधिकरणबाट छिट्टै सदर भई तत्काल शपथ लिएर पदभार ग्रहण गर्ने विश्वास गरिएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*