दुर्गा प्रसाईलाई सर्वोच्च अदालतमा उपस्थित गराइयो
११ मंसिर २०८१, मंगलवार १५:५५
काठमाडौं। मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई सर्वोच्च अदालतमा उपस्थित गराइएको छ ।
प्रसाईंको हकमा छोरा नीराजन प्रसाईंले मङ्सिर ८ गते बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गरेका थिए । उनले दुर्गा प्रसाईंलाई गैरकानुनी रूपमा थुनामा राखेको दाबी गर्दै तत्काल रिहा गर्नु भनी अन्तरिम आदेशको माग गरेका थिए ।
न्यायाधीश मनोज शर्माको एकल इजलासले बन्दीसहित उपस्थित गराउन आइतबार आदेश गरेको थियो ।
प्रसाईंको आजै बयान गराइने छ । उनको लिखित जवाफ आज पेस भए आजै सुनुवाइ भई रिहा गर्नेबारे आदेश हुनेछ। लिखित जवाफ पेस नभए अर्को दिन जवाफ पेस गर्नु पर्नेछ ।
उपचार गराउन वीर अस्पतालमा भर्ना गरिएका प्रसाईंलाई मंगलबार हिरासतमा फिर्ता ल्याइएको थियो । अदालतको आदेश अनुसार प्रहरीले उनलाई आइतबार साँझ वीर अस्पतालमा भर्ना गरेको थियो ।