बजारमा हरियाली आउँदा यी लगानीकर्ता भए मालामाल

११ मंसिर २०८१, मंगलवार १५:१६

काठमाडौँ । शेयर बजारमा दोहोरो अकंको सुधार देखिएको छ । बजारमा हरियाली आउँदा अधिकांश कम्पनीको शेयर मूल्यमा उछाल आएको हो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २२.४१ अकंले बढेर २७१६.६६ बिन्दुमा कायम भएको छ । आज ३१२ कम्पनीको १ करोड ४२ लाख ९२ हजार ७४२ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ४४ करोड ९८ लाख ९८ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

यसदिन सपोर्ट माइक्रोफाइनान्स, युनाइटेड इदी मार्दी र कुथली बुखेरीको शेयरमा सकारात्मक सर्किट लागेको हो । साथै, मिथिला लघुवित्तको ९.६२ प्रतिशत, अपर हेवाखोलाको ८.८० प्रतिशतले शेयर मूल्य बढेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*